Connect IPS
IME Life

रेडमीले ल्यायो नेपाली बजारमा दुई फोन, यस्ता छन् विशेषता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी एटु र एटुप्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपुर्ण रेड्मी एटु र एटुप्लसले सुलभ मूल्यमा प्रयोगकर्ताहरू समक्ष उल्लेखनीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यी दुबै नयाँ फोनहरुमा दुई वर्षको वारेन्टी पनि रहेको छ । इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरूका साथ रेड्मी एटु र एटुप्लसले देशको स्मार्टफोनको परिदृश्यलाई पुनः परिभाषित गर्दछ ।

Prabhu
Crest

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंण्डाले भने, “रेडमी परिवारमा लेटेस्ट एडिसन को रूपमा, रेड्मी एटु र एटु प्लसलाई सहज र छरितो पर्फर्मेन्स प्रदान गर्न निर्माण गरिएको हो । टप अफ द लाइन स्पेसिफिकेशनहरू र शक्तिशाली भिजुअलहरू प्रस्तुत गर्दै, यी फोनहरु नेपाली स्मार्टफोन बजारमा आक्रामक रुपमा उत्रिन तयार छन्। ।”

रेड्मी एटु र एटुप्लस ले ६.५२ डट ड्रप डिस्प्लेका साथ एक विस्तृत र इमर्सिभ भीउविङ्ग अनुभव प्रदान गर्दछ । १६०० ७२० को रिजोल्युसन र २०स्९ आस्पेक्त रेसियोका कारण प्रत्येक ईमेज, भिडियो र गेम उत्कृष्ट स्पष्टताका साथ जीवन्त हुँदछ । डिस्प्लेले नाइट लाइटलाई पनि सपोर्ट गर्दछ, जसले प्रयोगकर्ताहरूको आँखालाई स्ट्रेस नगरी कम प्रकाशको अवस्थामा आफ्नो फोन सहज रूपमा प्रयोग गर्न सक्षम बनाउँछ ।

क्यामेरा ८ एमपी एआई डुअल क्यामेरा सेटअप संग सुसज्जित रेड्मी एटु र एटु प्लसमा अद्भुत फोटोग्राफीका सम्भावनाहरू प्राप्त गर्ने सक्नेछन् । प्रयोगकर्ताहरूले आफ्नोे रचनात्मक अभिव्यक्तिलाई अझ बढाउँदै पोट्र्रेट, भिडियो, छोटो भिडियो र टाइम९ल्याप्स जस्ता विभिन्न फोटोग्राफी मोडहरू एक्सप्लोर गर्न सकिनेछ। डिजाइन रेड्मी एटु र एटु प्लस, युनिबडी कर्भ ब्याक संयोजित स्टाइलिश फ्ल्याट फ्रेम डिजाइनका साथ आउँदछ जसले गर्दा भिजुअल अपील र एर्गोनोमिक कम्फोर्ट दुवै प्राप्त गर्न सकिन्छ ।

ब्याट्री र चार्जिंग रेड्मी एटु र एटु प्लसमा ५,००० एमएएच (टाइप) ब्याट्री रहेको छ जसले दीर्घकालीन अनुभव सुनिश्चित गर्दछ । यस प्रभावशाली ब्याट्री क्षमताका साथ प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने कन्टेन्टको आनन्द लिन, कनेक्टेड रहन र ब्याट्री समाप्त हुने चिन्ता नगरी दैनिक कार्यहरू गर्न सकिनेछ । १० डब्लु इन९बक्स चार्जरले फास्ट चार्जिङ सुविधा छिटो र सुविधाजनक बनाउँदै प्रयोगकर्ताहरूलाई झन्झटरहित चार्जिङ अनुभव प्रदान गर्दछ ।

रेड्मी एटु र एटु प्लस तीन रंगस् लाइट ब्लू, लाइट ग्रीन र कालोमा उपलब्ध रहेको छ । एटुको २ जीबी प्लस २३जीबी भेरियान्टको मूल्य १० हजार ४९९ र ३ जीबी प्लस ६४ जीबीको मूल्य ११ हजार ९९९ रहेको छ । रेड्मी एटु प्लस २ जीबी एलस ३२ जीबी भेरियन्टको मूल्य ११ हजार ४९९ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS