Connect IPS
IME Life

नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा जोशी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असार २४ गते आइतबार सम्पन्न नेपाली युवा उद्यमी मञ्च १९औं वार्षिक साधारण सभाले साहारा जोशीको नेतृत्वमा २०८०/८१ का लागि नयाँ राष्ट्रिय गभर्निङ काउन्सिल गठन गरेको छ । नयाँ राष्ट्रिय गभर्निङ काउन्सिलका अन्य पदाधिकारीमा तत्काल अघिका पूर्वअध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, द्वितीय उपाध्यक्ष निभिता प्रधान र महिला उपाध्यक्ष ऋचा श्रेष्ठ रहेका छन् ।

काउन्सिलका कार्यकारिणी सदस्यहरुमा बिलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, आभूषणज्योति कंसाकार र युनेशराज श्रेष्ठ छन् । काठमाडौंको र्याडिसन होटलमा सम्पन्न साधारणसभा ‘नेसन फस्र्ट’ नारामा केन्द्रित थियो । उक्त नारालाई केन्द्रमा राखेर मञ्चका यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंलगायत देशका विभिन्न ठाउँमा मेड इन नेपाल प्रदर्शनी आयोजना गरिएको थियो । यस वर्षको उद्देश्य च्याप्टरलाई सुदृढ गर्ने, संगठनात्मक उपस्थिति बढाउने र राज्यका तीनवटै तहमा बलियो प्रभाव पार्ने विषय पनि समावेश थियो ।

Prabhu
Crest

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नुभएको कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । कार्यक्रममा विभिन्न साझेदार संस्थाका आमन्त्रितहरुको पनि बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा मञ्चका विगतका गतिविधि र भावी पहलबारे प्रस्तुति दिइएको थियो । नवनिर्वाचित अध्यक्ष जोशीले २०८०/८१ को लागि आफ्नो योजना प्रस्तुत गर्नुभएको थियो । समितिका सबै सदस्यले फोरमको मूल मूल्यमान्यता अनुरूप उद्यमशीलता र विकासको भावनालाई अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएका छन् ।

उद्यमशीलता र युवाको क्षेत्रमा अनुकरणीय संस्था बन्ने लक्ष्य राख्दै नेपाली युवा उद्यमी मञ्चले सकारात्मक र समृद्ध नेपाल निर्माणमा योगदान पु-याउने प्रयास जारी राख्ने वाचा गरेको छ ।

नवनिर्वाचित अध्यक्ष जोशीले भनिन् ‘मञ्चले इच्छुक भावी युवा उद्यमीलाई युवा उद्यमी सम्मेलन, लिडर्स प्रोजेक्ट, मेड इन नेपाल क्याम्पेन जस्ता पहलहरूमार्फत निरन्तर सहयोग गर्दै आएको छ र हामी यस अभियानलाई निरन्तरता दिँदै थप मजबुत बनाउनेछौं ।’ नयाँ समितिले सिकाइ र प्रगतिलाई बढावा दिन उद्यमीहरूबीचको क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धनको महत्वमा पनि जोड दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS