काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा अरुण काबेली पावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थका लागि असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेले शेयर मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको शेयरमूल्य २१७ रुपैयाँ ७५ पैसा कायम गरेको छ । आजको अन्तिम कारोबार मुल्य प्रतिकित्ता ३३५ रुपैयाँ ५० पैसाको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।
कम्पनीले आफ्नो शेयरधनीहरुलाई १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ। शेयरधनीहरुलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीका ३ अर्ब ७१ करोड रुपैयाँ कायम हुनेछ ।