Connect IPS
IME Life

आईएमई पे, खल्ती तथा प्रभु पे पनि नेपाल पे क्युआरमा आवद्ध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पे क्युआरमा नेपालका अग्रणी डिजिटल वालेट आईएमई पे, खल्ती तथा प्रभु पेमा आवद्ध भएसंगै ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपाल पे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न गर्न सकिने भएको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपे का अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि र विभिन्न मिडिया सञ्चारकर्मीहरुको उपस्थितिमा आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको घोषणा गरिएको हो ।

Prabhu
Crest

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरमा इस्युइङ एप मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल पे क्युआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्युआर मर्चेन्ट इनरोलमेन्ट सेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपाल पे क्युआरस्क्यान गरी भुक्तानी गर्न सकिन्छ भने अन्य संस्थाहरु पनि थपिने क्रममा छन् । आईएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरु रहेका छन् ।

नेपाल पे क्युआरको नेटवर्कमा ३ लाख ५० हजार क्युआर मर्चेन्टहरु छन् र हालै स्मार्ट क्युआरसंगको अन्तरआवद्धता पश्चात अब ६ लाख भन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ । मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा पिओस डिभाइस वा इकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल क्युआर वा डाइनामिक क्युआर को रुपमा उक्त नेपाल पे क्युआरउपलब्ध रहेका छन् ।

नेपाल पे क्युआर अब बैंक तथा वित्तिय संस्थाको मोबाइल बैंकिङ्गका ग्राहकहरु, वालेटका ग्राहकहरु, बनेक्ट आईपीएस प्रयोगकर्ताहरु लगायत डिजिटल पहुँच भएका प्रयोगकर्ताहरु माझ पुगिसकेको छ । आईएमई पे, खल्ती र प्रभुपेले नेपाल पे क्युआरसँगको यस साझेदारीले ग्राहकहरुलाई क्युआर सम्बन्धी भुक्तानीहरु गर्न थप सहज हुने विश्वास गरिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS