काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण साउन ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले १ः०.५ को अनुपातमा कम्पनीलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले असार २० गते अनुमति दिएको हो। अब कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रहेको छ। कम्पनीले शेयर हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।