काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव ०६ अंकले घटेर २,०४९ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज प्रभु बैंकको १६ करोड ९७ लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । हिमालयन लाइफको १५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।