काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भोलि असार २२ गते बुक क्लोज गर्ने जनाएको हो । त्यरकारण आजसम्म कायम शेयरधनीले मात्रै उक्त हकप्रद शेयर भर्न पाउनेछन् । कम्पनीले १ करोड ५६ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ ।
कम्पनीको संचालक समितिको बैठकले २०७९ फागुन १४ गते बसेको १९ औं वार्षिक साधारण सभाबाट पारित निर्णय अनुसार कम्पनीको चुक्ता पूँजी ४१३.३२ करोडको १ः०.४० को अनुपातमा १०० रुपैयाँ अंकित दरले १ करोड ५६ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागिएको हो ।