काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक म्युचुअल फण्डलाई इकाई निष्काशन गर्नका लागि स्वीकृति दिएको छ । बोर्डले हिमालयन ८० –२० फण्डले इकाई निष्काशन गर्न अनुमति दिएको हो ।
हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने लागेको यो पहिलो म्युचुअल फण्ड हो । योजनाको व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड छ । हिमालयन ८० –२० ले १० करोड इकाई निष्काशन गर्नका लागि असार १९ गते सेबोनबाट स्वीकृति पाएको हो ।
कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड छन् । स्वीकृति पाएसँगै यो फण्डले १० रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँ बराबरको इकाई विक्री खुला गर्नेछ ।