GBIME
IME Life

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आइपीओ प्रिअलोटमेन्ट सम्पन्न गरी शुक्रबार अर्थात असार २२ गते बाँडफाँड गर्ने लगारी भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकले १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँड गरीनेछ ।

SKYWELL
Crest

कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । यस मध्ये १० प्रतिशत ९६५ हजार कित्ता० वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । साथै, ५ प्रतिशत ९३२ हजार ५ सय कित्ता० सामूहिक लगानी कोषका लागि र २ प्रतिशत ९१३ हजार कित्ता० कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरीरहेको २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS