Connect IPS
IME Life

राजेशकाजी श्रेष्ठको नेतृत्वमा गठन भयो भानुभक्त मेमोरियल अल्मुनाइ एशोसिएसन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एशोसिएसन गठन गरेका छन् ।

व्यवसायी श्रेष्ठ भानुभक्त मेमोरियल माविका पहिलो ब्याचका विद्यार्थी हुन् । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष रहेका श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

Prabhu
Crest

वि. सं. २०३४ सालदेखि एसएलसी परीक्षामा सहभागी भानुभक्त मेमोरियल स्कुलबाट हालसम्म ७ हजार विद्यार्थीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेका छन् । यस विद्यालयका विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी विदेशिएका छन् । सोही ब्याचका श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

पूर्व विद्यार्थी ठाकुरप्रसाद शर्माको संयोजकत्वमा भएको भेलाले तदर्थ समितिको उपाध्यक्षमा हर्षसागर तुलाधर, महासचिवमा नविनकुमार बर्मा र कोषाध्यक्षमा पुनिता रिमाललाई चयन गरेको छ । समितिका सदस्यहरुमा सुनिल गोर्खाली, कपिल लोहनी, मनोज ढुंगाना, आशिषभद्र खनाल र विश्वास खतिवडा रहेका छन् ।

एशोसिएसनले ठाकुरप्रसाद शर्मा, विद्यासागर तुलाधर र सनातन रेग्मीलाई सल्लाहकारका रुपमा चयन गरेको छ । यस्तै, विद्यालयकी प्रधानअध्यापक ईश्वरी ढुंगानालाई आमन्त्रित सल्लाहकारका रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

भानुभक्त मेमोरियल स्कुलको आसन्न ६० औं वार्षिकोत्सव र एसएलसीमा सहभागिताको ५० औं वार्षिकोत्सवलाई लक्षित गर्दै अल्मुनाई एशोसिएसन गठन गरिएको हो । एशोसिएसनले पूर्व विद्यार्थीबिच भाइचार सम्बन्ध स्थापित गर्ने तथा वार्षिकोत्सव लक्षित विभिन्न रचनात्मक कार्य गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS