Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले रिलायन्स फाइनान्सको लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि २०८० असार २० गतेका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आजसम्म शेयर किन्नेले कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले तेह्रो बार्षिक साधारण सभा फाइनान्सको संचालक समितिको ३०६ औं बैठकको निर्णय अनुसार यहि असार ३१ गते दिनको ११ बजे स्मार्ट दरबार व्यांक्वेट, धुम्बाराहीमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

फाइनान्सले उक्त सभा प्रयोजनार्थ सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/७९ को तेह्रौं वार्षिक प्रतिवेदनपारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने छ ।

साथै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्नका लािग लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, उक्त सभाले २०७८/७९ मा भएको मुनाफाबाट कुल चुक्ता पूँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको ६.५० प्रतिशतले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँ बराबरको बोनश शेयर प्रदान बारे प्रस्ताव पारित गरिनेछ भने सो को कर प्रयोजनार्थ नगद लाभांश चुक्ता पूँजीको ०.३४ प्रतिशतले हुने ३६ लाख २ हजार ३९० रुपैयाँ नगद लाभांस पारित गर्नेछ ।

साथै संचालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक संख्या ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना संचालकको निर्वाचन मार्फत चयन गरिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS