Connect IPS
IME Life

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ प्रतिलिटरको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले मुल्य घटाएको हो । सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मुल्य घटाउने निर्णय गरेको हो । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको हो । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।

निगमले दुरीको आधारमा पहिलो वर्ग दोस्रो वर्ग र तेस्रो वर्गमा विभिन्न जिल्लाहरुको वर्गिकरण गरेर बिक्री मूल्य घटाई नयाँ मुल्य निर्धारण गरेको हो । तराई (चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखिएको छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं‚ पोखरा र दीपायल परेका छन् ।

Prabhu
Crest

अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ । त्यस्तै तराईमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, सुर्खेतको र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ /१४९ रुपैयाँ पर्नेछ । हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएर १ सय ३६ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएर १.०३५ डलर पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

60%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS