काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको २५ प्रतिशत बोनश शेयरको मुल्य समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य २ हजार २९ रुपैयाँ ४० पैसा कायम भएको छ । नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्य २ हजार ६१३ रुपैयाँको आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । समायोजित मूल्यका आधारमा मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।