काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ । बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको हो ।
लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासोका लागि उक्त डेस्कको स्थापना गरिएको बैंकले जनाएको छ । गुनासो सुनुवाइका लागि निशुल्क टोल फ्रि मार्फत फोन गर्न सकिनेछ । यसका साथै बैंकको अनलाइन गुनासो पोर्टल वा इमेल मार्फत पनि आफ्नो गुनासो टिपाउन सकिने व्यवस्था रहेको छ ।