Connect IPS
IME Life

नेप्सेमा गिरावट कायमै, ४ अर्बमाथिको कारोबार हुँदा हिमालयन लाइफको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ३२ अंकले घटेर २,०७५ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको शेयर मुल्य बढेको छ भने १७४ कम्पनीको शेयर मुल्य घटेको छ । आज १० कम्पनीको शेयर मुल्य स्थीर रहेको छ ।

आज दिनभरिमा २७६ कम्पनीको ९४ लाख १८ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ५३२ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सोल्टी होटलको २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको २० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र बिपीडब्लु लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिटी होटलका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । यस फण्डका इकाईधनीले ८ दशमलव ९५ प्रतिशतका दरले गुमाएका हुन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS