Connect IPS
IME Life

जेठ महिनामा भित्रिएका ७२ हजार पर्यटकमध्ये ५३ प्रतिशत भारतीय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जेठ महिनामा नेपाल भित्रिने पर्यटकको संख्या ७२ हजार पुगेको छ । सो संख्यामध्ये ५३ प्रतिशत भने भारतीय पर्यटक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार हवाईमार्गको माध्यमबाट जेठ महिनामा ७२ हजार ५० जना पर्यटक नेपाल भित्रिएका छन् । मनसुन सुरुभएसँगै नेपाल भित्रिने पर्यटकको संख्यामा पनि कमि आएको बोर्डले जनाएको छ । जनवरीदेखि मे महिनासम्म प्रति महिना एका लाखको हाराहारीमा पर्यटक भित्रिएका थिए, तर जुन महिनामा भने त्यो संख्या घटेर ७२ हजारमा झरेको हो ।

Prabhu
Crest

जेठ महिनामा भित्रिएका कुल पर्यटकमध्ये ५३।७६ प्रतिशत अर्थात ३८ हजार ८४५ जना भारतीय रहेको बोर्डको तथ्याङ्कले देखाउँछ । यसैगरी ८ हजार ४७० अमेरिकन पर्यटक, २ हजार ४०२ जना चीनिय पर्यटक, २ हजार ४०२ जना बंगलादेशी, १ हजार ९९२ जना लण्डनबाट, १ हजार ६३९ जना अष्ट्रेलियाबाट, १ हजार ७९ जना मलेसियाबाट, ८८८ जना दक्षिण कोरियाबाट नेपाल आएका हुन् । साथै, जापानबाट७६४ र ७०२ जना भुटनिस नागरिक नेपाल भित्रिएका हुन् ।

स्थलमार्गबाट आउने पर्यटकको संख्या हवाईमार्गबाट आउनेको भन्दा धेरै हुने बोर्डले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS