Connect IPS
IME Life

बीमा प्राधिकरण कोशी प्रदेशले दियो बीमा कम्पनीका कनिष्ठ कर्मचारीलाई २ दिने तालिम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले जीबन बीमा कम्पनीमा कार्यरत कनिष्ठ कर्मचारीहरुलाइ २ दिने आधारभुत तालिम दिएको छ। बीमा प्राधिकरणको कोशी प्रदेशले कम्पनीमा आबद्ध कनिष्ठ कर्मचारीलाई बिर्तामोडमा २ दिने कार्यक्रम दिएको हो । कार्यक्रम बिर्तामोडको टाइमलेस होटलमा सम्पन्न भएको छ।

उक्त तालिममा दमक, विर्तामोड र इलामका गरि प्रत्येक बीमकबाट ३ जना कर्मचारी सहभागी गराइएको थियो। उक्त तालिममा बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख कुन्दन सापकोटा, बीमक कर्मचारीहरु सन्तोष आचार्य, बिमल वाग्ले , अशोक कुवर, डम्बर बादि, भेष राज कट्टेल र रितु प्रधानले प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

उक्त कार्यक्रममा बोल्दै प्राधिकरणको अध्यक्ष कुन्दन सापकोटाले प्राधिकरण गाउँ गाउँमा बीमा सचेतनाको साथै बीमाको बिकासमा तल्लीन रहेका कर्मचारीहरुको क्षमता बिकासको लागि पनि लागि पर्ने जानकारी गराए ।

यस आधारभुत तालिमले बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुको आफुले पाएको ज्ञानलाई तिखार्न सजिलो भएको साथै बीमा प्राधिकरण र बीमक कर्मचारीहरु बिच रहने नङ र मासुको सम्बन्धलाइ‌ अझ प्रगाढ बढाउन सहयोग गरेको सन्तोष आचार्यले‌ बताए ।

उक्त तालिममा बीमा प्राधिकरणको सहायक निर्देशक द्वय मेलिना खरेल र पुस्पा खनालको समेत उपस्थिति रहेको थियो। यस्तो कार्यक्रम पहिलो चोटी लिन पाएको र यस्ता कार्यक्रम प्राधिकरणले निरन्तर गरिरहोस भन्ने अपेक्षा तालिममा उपस्थित कर्मचारीहरुले प्राधिकरणसग प्रस्ताव गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS