काठमाडौं । पियोर इनर्जी लिमिटेडले असार ३१ गते विशेष साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ११ बजे बस्ने कम्पनीले जनाएको छ ।
विशेष सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने मुख्य एजेण्डा पारित गर्नेछ । सभाले आइपीओ निष्काशनका लागि समेत प्रबन्धपत्र संशोधनको निर्णय गर्न प्रस्ताव पारित गर्ने जनाएको छ ।
त्यस्तै, सभाले कम्पनीका सम्पूर्ण संचालकको पारिश्रमिक लगायतका अन्य सेवा सुविधा बारे निर्णय गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।