काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनीविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि विशेष अदालतले एक वर्ष १ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ भने ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना तिराउन निर्देशन दिएको ।
यसैगरी आरोपपत्रमा जफतको दाबी लिइएको खड्काको घरजग्गा, सेयर नगद बैंक मौज्दात सबै जफत गर्ने आदेश दिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।