काठमाडौं । लगातार बढिरहेको शेयर बजारमा आज बुधबार ३० अंक भन्दा धेरैले करेक्सन भएको छ । मंगलबार बाणिज्य बैंकको शेयर मूल्यमा उछाल आउदा ५६ अकले सुधार भएकोमा आज बाणिज्य बैंकमा सुधार आउन सकेन । लगानीकर्ताले अन्य क्षेत्रका काम्पनी बिक्री गरेर हिजो बाणिज्य बैंकको शेयर खरिद गरेका थिए । तर उनिहरुले नाफा बुक गर्न नपाई उल्टै घटेको छ ।
अन्य सूचक मात्रै माथि बढादा बाणिज्य बैंकको शेयर मूल्य आधार मूल्य हाराहारीमा छ । यसले गर्दा लगानीकर्ताले बजारलाई टिकाउन बाणिज्य बैंकको शेयर मूल्य बढाउन खोजेका थिए । तर उनिहरुको प्रयास असफल भएको छ ।
अझै पनि बाणिज्य बैंक प्रति लगानीकर्ताको कन्फिडेन्स छैन । बुधबार नेप्से सूचक ३५.३७ अंकले घटेर २१५०.९९ अंकमा रोकिएको छ । सूचकमा गिरावट देखिए पनि कारोबार रकम ५ अर्ब ९७ करोड रुपैयाँको भएको छ ।
आज जीवन बीमा बाहेक सम्पुर्ण सूचक तथा उपसूचक तल झरेका छन् । जीवन बीमा २.४६ प्रतिशतले सुधार भएको छ । होटल माइक्रोफाइनान्सको शेयर सबैभन्दा तल झरेका छन् । माइक्रोफाइनान्सको शेयर मूल्यमा आज सामान्य सुधार देखिएको थियो ।