काठमाडौं । तेह्रथुम पावर कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असार १२ गते दिनको साढे चार बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रवर्द्धन गरेको क्यासकेट परियोजनाको रुपमा रहेको २ मेगावाटको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि पूँजी जुटाउन हकप्रद शेयर निष्काशन गर्न थालेको हो । उक्त प्रस्ताव आगामी दिनमा हुने साधारणसभाबाट पारित भए पश्चात नियमनकारी निकायमा स्वीकृतिको लागि निवेदन दिने छ । कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि ८० करोड पुग्नेछ ।