काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चुक्ता पूँजीको सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असार १२ गते मंगलबार ४ बजे बसेको संचालक समितिको बैठकले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिले सत प्रतिशत हकप्रद शेयर निष्काशनका लागि कम्पनीको आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्नका लागि विद्युत नियमन आयोगमा अनुरोध गर्ने निर्णय गरेको छ । विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८ बमोजिम पुर्व स्वीकृतिको लागि विद्युत नियमन आयोग समक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी एक अर्ब ७ करोड पुग्नेछ ।
1687926959684