काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टीकरण सोधेको छ । सोमबार मन्त्रीस्तरीय निर्णय अनुसार ७ दिनभित्र जवाफ पेश गर्नेगरी मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टिकरण सोधेको हो ।
चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका हुन् ।