Connect IPS
IME Life

चीनका राजदूत चेनले पोखरामा उद्घाटन गरे सीजी मोटर्सको शोरुम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा ) शोरुम शुभारम्भ भएको छ । नेपालका लागि चीनका महामहिम राजदुत चेन सङ लगायत अन्य ब्यक्तित्वहरुले एक समारोहका बिच उक्त शोरुमको उद्घाटन गरेका हुन् । उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङले नेपाल तथा चिनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना ब्यक्त गरे । उक्त उद्घाटन समारोहमा सीजी मोटर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

राजदुत चेन सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभि गाडी को फाईदा धेरै नै रहेको बताए । नेपालमा ग्रीन इेनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले शाहयोग गर्ने बताए । साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठुला शहरहरुमा चर्जिङ स्टेशनको बिकास गर्ने बताए । सर्वजनिक यातायातमा ईभि गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने धारणा ब्यक्त गर्दै सम्बन्धित निकाय को ध्यानाकर्षण गराए ।

Prabhu
Crest

सीजी मोटर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका अनुसार अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने छन् । नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्री बितरण गर्ने योजन छ। इे भि ट्याक्सी र माईक्रोबसको सफलतरिकाले शुभरम्भका साथै काठमाडौं पोखरा रुटको लागि ११ देखी १९ सिटर सम्मका माईक्रो बसहरु उपलब्ध हुनेछ ।
उक्त कार्यकरममा पोखराका लागि पहिलो ईभि ट्याक्सी साथै,पहिलो बिद्युतिय माईक्रो बसको चीनका महामहिम राजदुत चेन सङले हस्तान्तरण गरे । साथै अब पोखरा शहरमा बिद्युतिय गाडी को प्रयोग अजै बढाउन सुझाव दिए ।

पियोर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमी को दुरी पार गर्न सक्ने सीजी मोटर्सले बताएकोे छ । १७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्सले जनाएको छ । यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भी लाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ । यसका साथै नेटा भी गाडि भित्र प्रदुषण रहित बनाउन एन ९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ । नेटा भी मा विश्वको ठुलो ब्याट्रि निर्माण कम्पनी सिएटिएल ब्याट्रिको प्रयोग भएको छ ।

सीजी मोटर्सले नेटा भी का साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन् । साथै गण्डकी प्रदेशमा इभि ट्याक्सी र बिद्युतिय माईक्रो बसका लागि सीजी मोटर्स प्रा लि ले अधिकारिक बिक्रेता का रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS