Connect IPS
IME Life

अब २० लाख ९९ सय हजारमा पाइने भयो वुलिङ एयर ईभी, बुकिङ खुल्ला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वमै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार वुलिङ एयर ईभीको बुकिङ प्रारम्भ भएको छ । नेपालमा सो इलेक्ट्रिक ब्रान्डको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले वुलिङ एयर ईभीको बुकिङ खुल्ला गरेको हो ।

ईभी नेपाल मोटर्सले पहिले देखि नै नेपाली बजारमा लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर समेत बिक्री–वितरण गरिरहेको छ । ईभी नेपाल मोटर्सको दोस्रो वार्षिकोत्सवको अवसरमा सो गाडीको मूल्य समायोजन गरेर २० लाख ९९ हजार रुपैयाँ मूल्यमा बुकिङ खुल्ला गरिएको हो ।

Prabhu
Crest

यो भन्दा पहिले नेपाली बजारमा दुई भेरिएन्टमा सो गाडी उपलब्ध हुने गरी यसको मूल्य २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ मूल्य हुने बताइएको थियो । तर हाल एउटा भेरिएन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकेरै बुकिङ खुला गरिएको हो ।

हाल प्रमोसनल अफरको रुपमा सो मूल्यका साथ बुकिङ प्रारम्भ गरिएको कम्पनीको भनाइ छ । यसका साथै ग्राहकले ५० हजार रुपैयाँ सम्मको एसेसरिज समेत प्राप्त गर्न सक्ने बताइएको छ ।

वुलिङ एयर ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसियामा लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा यो इलेक्ट्रिक कार निर्माण भएको हो । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन् । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि चलाउन मिल्ने अनुभव भएको वुलिङ एयर ईभी नेपाली बजारका लागि निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको कम्पनीका एजिम एन के शरदले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS