Connect IPS
IME Life

काठमाडौं महानगरवासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्न ९२ करोड ६६ लाखको बजेट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरले आगामी आर्थिक वर्षमा महानगरवासीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ बजेट विनियोन गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट विनियोजन गर्दै यस्तो जनाएको हो ।
जसअन्तर्गत महानगरले सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा योजनाका लागि ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरभित्र सर्वसुलभ मूल्यमा औषधि वितरण गर्नका लागि सुलभ फार्मेसी खोल्न महानगरले ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । साथै, बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, वा निजी अस्पतालसँगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल संचालन गर्न १० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

नेपालका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरि उपलब्ध गराउन ७ करोड रकम विनियोजन गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा संचालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) संचालन गर्न भने १ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ ।

Prabhu
Crest

महानगर भित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न
“स्वच्छ भान्छा” कार्यक्रमका लागि ३ करोड ५० लाख रपैयाँ विनियोजन गरिएको महानगरले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS