IME Life
GBIME

आज अन्तिम दिन थ्रीस्टार हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आज ८ गते अन्तिम दिनसम्म निष्काशन गरेको आइपीओमा करिब ११ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०५ बजेसम्ममा १० लाख ९२ हजार २८९ जना आवेदकबाट १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरुलाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

Crest

बाँकी रहेको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता,सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । त्यस पश्चात बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आइआर डबलबी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोमिख रहेको जनाउँदछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS