Connect IPS
IME Life

रिडी पावरको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशनको प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उभ्m सभा इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको छ ।

कम्पनीको सहायक कम्पनीमार्फत निर्माण गर्न लागिएको १० मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

कम्पनीले १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ ।

हकप्रद शेयर निष्काशनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

विशेष साधारण सभालाई सम्बोधन गर्दै रिडी पावरका अध्यक्ष सञ्जीव न्यौपानेले शेयरधनीहरुको उच्च प्रतिफलका लागि आफूहरू लागि रहने बताए ।

त्यसै गरी सभामा कम्पनीका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको बारेमा शेयर धनीलाई प्रष्ट पारेका थिए । कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगले बैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS