काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मनो खड्का नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ६५ औं बैठकको निर्णयले खड्कालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीको सञ्चालकमा सन्तोष ज्ञवाली रहेका थिए । प्रभु बैंकको प्रतिनिधि समेत रहेका ज्ञवालीको सरुवा भएपछि खड्कालाई सञ्चालकमा नियुक्त गरेको हो ।