Connect IPS
IME Life

बीमा प्राधिकरणकाे जस्तै पूँजी वृद्धि रणनीति इण्डाेनेशियामा पनि, मर्जरमा धकेलिए बीमक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । नेपालकाे नियामकले बीमा कम्पनीकाे स‌ंख्या खुम्च्याउन लिएकाे रणनीति अहिले एशियाली मुलुक इन्डोनेशियाको बीमा नियामकले पनि अपनाएकाे छ। बीमा नियामकले न्यूनत्तम चुक्ता पूँजी वृद्धि गर्ने निर्देशन जारी गरेर बीमा र पुनर्बीमा कम्पनीहरु मर्जर(गाभ्नेगाभिने) विकल्प राेज्नुपर्ने बाध्यतामा धकेलि दिएकाे छ।

मे २०२३ मा, इन्डोनेसियाको वित्तीय नियामक ओटाेरिटास जासा क्यु‌ंगन (OJK) ले बीमा कम्पनीको न्यूनत्तम चुक्ता पूँजीलाई १ खर्ब ५० अर्ब इण्डाेनेशियाली डलर लाखबाट २०२६ मा ५ खर्ब र सन् २०२८ सम्ममा १० खर्ब  पुर्‍याउने प्रस्ताव गरेकाे छ। पुनर्बीमा कम्पनीका लागी ३ सय अर्बबाट सन्  २०२६ सम्ममा ३ सय अर्बबाट १ खर्ब र सन् २०२८ सम्ममा २० खर्ब पुर्‍याउने प्रस्ताव गरेकाे छ । प्रस्तावले तकाफुल र रिटाकाफुल बीमककाे लागी पनि न्यूनत्तम आवश्यक पूँजी वृद्धि गर्न सिफारिश गरेको छ।

Prabhu
Crest

तथ्यांक विश्लेषक संस्था ग्लाेबल डाटाका अनुसार नयाँ निर्देशनले बीमा कम्पनीकाे संख्या खुम्च्याउने र पूँजी वृद्धि गर्न दबाब दिनेछ । ग्लोबलडाटा बीमा विश्लेषक, सुश्री शिवानी केलीका अनुसार नयाँ प्रावधानले अपर्याप्त पूँजी संरचनाको कारण न्यून बीमा व्यवसाय भएका बीमककाे लागी व्यवसाय हस्तान्तरण स्थानान्तरण र बन्द गर्नुपर्ने बाध्यता हुनेछ। उच्च पूँजी आवश्यकताले साना प्रविधि आधारित बीमकका लागि अवराेध खडा गर्नेछ ।

‍इन्डोनेसियामा ५२ जीवन बीमक, ७२ निर्जीवन बीमक, ७ पुनर्बीमक, ५४ वटा ताकाफुल (२९ जीवन र २५ निर्जीवन) सञ्चालक, साथै चार रिटाकाफुल व्यवसायीक संस्थाले बीमा व्यवसाय सञ्चालन गरिरहेका छन्। इण्डाेनेशियामा जनसंख्याकाे आधारमा अन्य एशियाली मुलुककाे तुलनामा अधिक स‌ंख्यामा बीमा कम्पनीकाे उपस्थिति भएपनि कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रकाे याेगदान १ प्रतिशतकाे हाराहारीमा सीमित छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS