काठमाडौं सिडी रेसियो पुन: घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार ३ गते आइतवार सिडी रेसियो ८३ दशमलव ८८ प्रतिशत पुगेको छ भने अघिल्लो दिन सिडी रेसियो ८३ दशमलव ९३ प्रतिशत थियो ।
आइतवार प्रणालीमा एकै दिन ५ अर्ब निक्षेप वृद्धि भएको छ । शनिवार ५५ खर्ब ६८ अर्ब रहेको निक्षेप आइतवार ५५ खर्ब ७३ अर्ब पुगेको हो । आइतवार वाणिज्य बैंकमा आक्रामक रुपमा निक्षेप वृद्धि भएसँगै प्रणालीमा तरलता बढेको हो । आइतवार वाणिज्य बैंकमा ६ अर्बले निक्षेप वृद्धि हुँदा विकास बैंक र फाइनान्समा भने १ अर्बले निक्षेप घटेको छ ।
कर्जा प्रवाह सामान्य मात्र वृद्धि भएको छ । आइतवार वाणिज्य बैंकको कर्जाको तथ्यांकमा परिवर्तन भएन भने विकास बैंक र फाइनान्समा १ अर्बले कर्जा प्रवाह बढेको छ । अन्तर बैंक ब्याज दर पनि निरन्तर घट्दै छ । आइतवार अन्तर बैंक ब्याज दर ४ दशमलव ५१ प्रतिशत कायम भएको छ ।