काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ५६ अंकले घटेर २,०६४ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज ३० कम्पनीको शेयर मुल्य बढेको छ भने १९२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ५७ लाख रुपैयाँ शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।