काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई कम्पनीले जेठ ३० गते गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि संयुक्त रुपमा बोर्डलाई निवेदन दिएका थिए ।
राष्ट्र बैंकले जेठ २४ गते यी दुई कम्पनीलाई एक आपसमा गाभिने अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । साना किसान र आरएमडीसी लघुवित्तले गत भदौ ३१ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनीले १ः०.८७ शेयर स्वाप रेसियोमा मर्जरमा जाने सहमति गरेका हुन् ।
1687174274558