काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ६१ दशमलव ७५ प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट वितरण गर्ने निर्णय गरेको उक्त बोशस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।
उक्त बोनश शेयर वितरणको प्रस्ताव कम्पनीले गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारणमार्फत पारित गरेको थियो । कम्पनीले चुक्तापूँजी रू। ६ करोड ५६ लाख २५ हजारको आधारमा ६१ दशमलव ७५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको थियो ।
साधारण सभा प्रयोजनका लागि फागुन ४ गते एक दिन बुक क्लोज गरेकाले फागुन ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । धितोपत्र दोस्रो बजारमा कम्पनीले असार ३ गते बोनश शेयर सूचीकृत गराएको थियो । असार ४ गतेदेखिनै कारोबारयोग्य भएको उक्त बोनश शेयर हितग्राही खातामा प्राप्त गरिसकेका शेयरधनीहरूले कारोबार गर्न सक्नेछन् ।