काठमाडौं । वैशाख महिनासम्म संचालनमा रहेका १७ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । मुक्तिनाथ विकास बैंकले ९५ करोड ७२ लाख मुनाफा कमाएको छ भने दोश्रोमा गरिमा विकास बैंकले ६९ करोड ०१ लाख मुनाफा कमाएको छ । तेश्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६१ करोड ८३ लाख खुद मुनाफा आर्जन गरेको छ ।
१७ विकास बैंक मध्ये ५ विकास बैंक नोक्सानीमा रहेका छन् भने बाँकी सबै नाफामा रहेका छन् । नोक्सानीमा रहेका विकास बैंकमा सालपा विकास बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । सबैभन्दा धेरै नोक्सानी सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड ४५ लाख रहेको छ ।