काठमाडौं । वैशाखसम्म वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड खुद नाफा गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २१ वाणिज्य बैंकले सो नाफा कमाएका हुन् ।
२१ वाणिज्य बैंकमध्ये नबिल बैंकले सर्वाधिक ६ अर्ब १२ करोड नाफा कमाएको छ । त्यस्तै दोश्रोमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ३४ करोड नाफा कमाउँदा एनआईसी एशिया बैंकले ४ अर्ब ३९ करोड नाफा कमाएको छ । चौथोमा सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड नाफा कमाउँदा पाचौमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३ अर्ब ८९ करोड नाफा कमाएको छ ।