काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । हिजो भारीअंकले बढेको शेयर बजार आज २ दशमलव ९४ अंकले घटेर २,०९१ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको १७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।