काठमाडौं । आज शेयर बजार नेप्शे परिसुचक २ दशमलव ९४ प्रतिशतले घटेर २०९१ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज कुल ४ अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँको शेयर कारोबार हुँदा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज सर्वाधिक कमाउनेमा सेन्ट्रल फाइनान्स लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ३५६ रुपैयाँ कायम भएको छ । साथै, आज लक्ष्मी इक्युटि फन्डका इकाइधनीहरुले सर्वाधिक कमाएका छन् । आज माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ८६९ रुपैयाँ कायम भएको छ ।