Connect IPS
IME Life

नयाँ स्टक ब्रोकर एशोसिएसनले केपि ओलीलाई भेटेर बुझाए ज्ञापन पत्र, सहजरीकरण गरिदिन आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ स्टक ब्रोकर एशोसिएसनले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई भेटेर ब्रोकर लाइसेन्सका विषयमा भएको हस्तक्षेपलाई सहजिरकण गरिदिन माग गरेका छन् । एसोसिएसनका पदाधिकारीहरुले आज केपि शर्मा ओली सँग भेटवार्ता गरेका थिए । सोहि क्रममा उनले ज्ञापन पत्र समेत बुझाएका छन् ।

ब्रोकरहरुले केपि ओलीलाई आफ्नो पार्टीको तर्फबाट अर्थ समितिमा संलग्न सांसदहरुलाई नेपालको पूँजी बजार सुधार तथा बजारको विकास एवं विस्तारको कार्यलाई नेतृत्व गर्न समेत आग्रह गरेका छन् । एसोसिएसनले अध्यक्ष ओलीलाई शेयर बजार तथा धितोपत्र दलाल सम्बन्धी विषयवस्तुलाई १७ वटा बुँदामा प्रस्तुत गरेका छन् ।

Prabhu
Crest

उनिहरुले नेपालको पूँजी बजार ३० वर्ष भन्दा लामो समय भए पनि अझै विकास हुन नसकेको उल्लेख गरेका छन् । लगानीकर्ता र पूँजी बजारको पुलको काम गर्दै आइरहेका धितोपत्र दलालहरुको पूँजी बजारको विकासमा ठुलो हात हुने उनिहरुको तर्क छ । दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २० लाख नाघिसकेको छ ।

धितोपत्र बोर्डले अहिलेसम्मकै सवैभन्दा बोर्ड निर्णय गर्दै नेपालमा पहिलोपटक सिंगापुर मोडेलबाट ओपन इन्ट्रि र ओपन एक्जिट वातावरण सिर्जना गर्दै हालको ५० वटा ब्रोकरको सिण्डिकेट र एकाधिकार तोड्ने कोशिश स्वरुप पहिलो पटक खुला रुपमा पूँजी, प्रविधि, दक्षता तथा अनुभवका आधारमा धितोपत्र दलाल तथा व्यापारी छान्ने गरी कार्य अगाडी बढाएको भन्दै उनिहरुले ओलीलाई ब्रिफिङ गरेका छन् । धितोपत्र बोर्डले आगामी वर्षहरुमा पनि यस्तै गरी ओपन इन्ट्रि र ओपन एक्जिट विधिबाट नयाँ धितोपत्र दलाल व्यवसायी थप्दै जानेछ भन्ने उनिहरुको विश्वास छ । यसले बजारमा नयाँ नयाँ प्रविधि भित्र्याउनुका साथै पहुँच विस्तारमा उल्लेखनिय सघाउ पुर्याउने उनिहरुको भनाइ छ ।

के. पि. वली।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS