Connect IPS
IME Life

एनसेलले ल्यायो तीन अनलिमिटेड भ्वाइस प्याकहरु, यस्ता छन् सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरि तीन अनलिमिटेड भ्वाइस प्याकहरु संचालनमा ल्याएको हो ।

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहिबार जेठ ३२बाट संचालनमा आएका हुन् । आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासिमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन् ।

Prabhu
Crest

एक दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५ बजे देखि साझँ ५ बजे सम्म नेपालका देशका कुनैपनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् । ग्राहकहरुले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स१एष्ट्रिक्स५ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स४ह्यास डायल गरि एनसेलका अन्य नम्बरहरुमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम कर सहित मात्र रु ३० मा सुचारु गर्न सक्छन् ।

एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको कर सहित रु १५० पर्दछ । ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स४एष्ट्रिक्स३ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् । आफ्ना ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरु ल्याइएको एनसेलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS