काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अंकले बढेर २,०९४ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज १८८ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको १६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।