Connect IPS
IME Life

ब्रोकर लाइसेन्स रोक्ने प्रयास असफल भए सँगै शेयर बजारमा उछाल, एकै दिन ५२ अंकको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ब्रोकर लाइसेन्स रोक्ने कदमबाट अर्थसमिति पछाडी हटे सँगै शेयर बजारमा थप उछाल आएको छ । नयाँ ब्रोकर लाइसेन्स रोक्ने कदमले निरास भएका लगानीकर्ता अर्थसमिति आफ्नो कदमबाट पछाडि हट्ने संकेतले आज थप बढेको छ ।

अर्थसमितले पुराना ब्रोकरको प्रभावमा परेर लाइसेन्स प्रकृयाँ नै रोक्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतबाट क्लिन चिट पाएर अगाडी बढेको कामलाई अर्थसमितिले रोक्ने प्रयास भए पछि चौतर्फी विरोध भएको थियो । विरोध थाम्न नसके पछि अर्थसमितिमा सांसदहरुले नै उक्त दमबाट पछाडी हट्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

Prabhu
Crest

यसै क्रममा पुराना र नयाँ ब्रोकरहरु विच सित युद्ध भइरहेको छ । दुबैले आ-आफ्नो अस्तित्व र बजार सुरक्षाका लागि सक्दो सोर्स फोर्स लगाइरहेका छन् । यसै क्रममा दुबै तर्फबाट प्रेश विज्ञप्ती आउने क्रम जारी छ । यसले गर्दा नयाँ ब्रोकरले आफ्नो उपस्थितिले बजार बढेको देखाउन पनि बजार सुधारका लागि बल लगाइरहेका छन् ।

अर्को तर्फ अर्थतन्त्रका सम्पुर्ण क्षेत्र सिथिल बन्दा ठुला लगानीकर्ता पैसा बनाउन बजार प्रवेश गरेका छन् । अन्य क्षेत्र भन्दा शेयर बजारबाट छिटो पैसा आउने भए पछि उनिहरु शेयर बजार प्रति आकर्षित भएका हुन् । विगत दुई वर्ष भन्दा लामो समयदेखि बजार तल्लो विन्दुमा रहेको छ । यसले गर्दा लगानीकर्ता शेयर बजार प्रति हौसिएका हुन् ।

यसै क्रममा पछिल्ला दिनमा शेयर बजारमा उछाल आइरहेको छ । आइतबार नेप्से सूचक ५२.२६ अंकले बढेको छ । लगातार सुधारका क्रममा आज नेप्से सूचक २०९४ अंकमा बन्द भएको छ । सूचक सँगै कारोबार रकममा पनि बृद्धि भएको छ । आज ४ अर्ब ८६ करोड रुपैयाँको खरिद बिक्री भएको छ ।

आज १८८ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ३१ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिन्छ । बाणिज्य बैंक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ । बीमा कम्पनीमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ । बोनस शेयर र हकप्रद निष्काशन गर्ने सम्भावना उच्च भएका कम्पनीको शेयर मूल्यमा सर्वाधिक आकर्षण देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS