Connect IPS
IME Life

विद्यालय बन्दको कार्यक्रम फिर्ता, सम्झौता कार्यन्वयन नगरे पुन आन्दोलन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएको छ । सरकारले वार्ता टोलि गठन गरी वार्तामा आउन आह्वान गरेको भन्दै तत्काल आन्दोलन फिर्ता लिएको नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष शशी कुमार केसीले बताए । वार्ताको माध्यमबाट आन्दोलनमा राखिएका मागहरु सम्बोधन नभएको खण्डमा स्थगन गरिएका आन्दोलन पुन सुचारु गरिनै उनको भनाई छ ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले अत्यन्त न्यून मासिक पारिश्रमिकका काम गर्न बाध्य पारिएकोले विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग मुद्धा राख्दै उक्त आन्दोलन गरिएको थियो । जसमा, नेपाल विद्यालय कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ र नेपाल विद्यालय कर्मचारी परिषदले संयुक्त रुपमा आन्दोलन गर्दै आएका थिए । सर्वाेच्च अदालतले २०६७ माघ २३ गते सामुदायिक विद्यालयका कर्मचारीको सेवा, सर्त, सुविधा उल्लेख भएको सर्भिस ल बनाई ६ महिनाभित्र कार्यान्वयन गर्नु भन्ने आदेश दिएको थियो । तर उक्त आदेश कार्यन्वयनमा नआएको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS