काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५ अंकले बढेर २,०४२ दशलमव ०७ को विन्दुमा कायम भएको छ । आज ७५ कम्पनीको शेयर मुल्य बढेको छ भने १३९ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३८ रुपैयाँ हरेको छ । सोल्टी होटलको १६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।