IME Life
GBIME

नेशनल हाइड्रोपावरले पायो हकप्रद निष्काशनको अनुमति, बुक क्लोजको मिति तय

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । उक्त पूँजीको ५० प्रतिशत अर्थात ८२ करोड २१ लाख रुपैयाँको हकप्रद निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।

Crest

हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै २०७९ कार्तिक २२ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको आज विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशनका लागि असार एक गते बुक क्लोजको मिति तय गरेको छ । जेठ ३२ गतेसम्म शेयर खरिद गर्नेले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS