काठमाडौं । चिमिले हाइड्रोपावर कम्पनी लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझीलिन सम्बन्धित लगानीकर्तालाई आग्रह गरेको छ । कम्पनीले बुधवार सुचना जारी गर्दै २०७४ साल कात्तिक २४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई उक्त लाभा.श बुझीलिन आग्रह गरेको हो । आग्रह गरेको हो ।
सुचना प्रकाशित भएको मितिले एक महिनाभित्र आफ्नो वक्यौता नगद लाभांशका लागि कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडको नारायणचौर , नक्साल, काठमाडौंमा रहेको कार्यालयमा सम्पर्क राखी बुझ्न कम्पनीले आग्रह गरेको हो ।
कम्पनीले तोकिएको समयभित्र पनि नगद लाभांश नबुझेमा बाँकी नगद लाभांश कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ ।