Connect IPS
IME Life

ग्लोबल इक्विटी फण्ड र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल इक्विटी फण्ड र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच सम्झौता भएको छ । यी दुई कम्पनीबीच लघु, साना तथा मझौला उद्योगमा वैकल्पिक लगानीका स्रोतमा पहुँचको सुनिश्चित गर्ने र त्यसता व्यवसायलाई प्रवद्र्धन, विस्तार सेवाहरुमा उपलब्धता र पहुँच बढाउनको लागि सहकार्य गर्ने सम्झौता भएको हो ।

ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा.मनिष थापा र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालकी प्रमुख एग्नेस लुजले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौताको अवधि २०२३ को जुनदेखि २०२६ अक्टोबारसम्म रहनेछ । ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले नेपाल लघु, साना तथा मझौला उद्योगले ९० प्रतिशत हिस्सा ओगटेको छ । यसले उद्यमशीलता प्रवद्र्धन र रोजगारीका अवसरहरु सिर्जना गरी देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उनले बताए । तर, यी लघु, साना तथा मझौला उद्यमहरुले वित्तीय पहुँचमा अझ बढी समस्या भोग्नुपरेको बताए ।

Prabhu
Crest

ग्लोबल इक्विटी फण्डले नेपालको पहिलो महिला उद्यमी केन्द्रित प्राइभेट इक्विटी फण्ड सुरु गर्न काम गरिहेको छ । जसले महिला नेतृत्वका उद्यमहरुमा लगानी गर्नेछ । यो कोष स्थापना गर्न युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालले ग्लोबल इक्विटी फण्डलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यस प्राविधि सहयोगले ग्लोबल इक्विटी फण्डलाई जेन्डर लगानी लेन्स र इम्प्याक्ट लगानी कोषको लागि ढाँचा स्थापना गर्न मदत गर्ने डा. थापाले बताए ।

ग्लोबल एक्विटी फण्ड, नेपाल धितोपत्र बोर्डद्धारा इजाजतपत्र प्राप्त पहिलो प्राइभेट इक्विटी, भेन्चर क्यापिटल कोष व्यवस्थापक कम्पनी हो । यसले वातावरणीय, सामाजिक र सुसासनको अभ्यासहरुलाई प्राथमिकता दिने र उच्च प्रतिफल संभावना भएका उद्यमहरुमा लगानी गर्दछ । हाल यसले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको व्यवस्थापन गरिरहेको छ, जसले हाm विभिन्न क्षेत्रका चार वटा उद्यममा लगानी गरिसकेको छ । युएसएड ट्रेड एण्ड कम्पिटिटीभनेस पाँ वर्षको १८.९ मिलियन अ‍ेरिकी डलरको सहयोग हो, जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागि दिगो रोजगारी बृद्धि र आय सिर्जनाका अवसरहरु बढाउनका लागि विश्व्यापी पूँजीकरण एकिकृत गर्न सक्षम र स्थिरतामा सघाउ पुर्याउने काम गर्दछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS