Connect IPS
IME Life

अर्किड होल्डिङ्ग्सको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्किड होल्डिङ्ग्स लिमिटेडले ५३ दशमलव ६६ प्रतिशत हकप्रद शेयर विक्री गर्ने समय थप गरेको छ । यसअघि विक्री खुला गरेको शेयरमा आवेदन प्राप्त नभएपछि कम्पनीले म्याद थप गरेको हो । केही शेयरधनीहरूबाट शेयरबापतको रकम जम्मा गर्न म्याद थप गरिदिन माग भएकाले बैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले म्याद थप गर्ने निणर्य गरेको हो । अब चैत १९ गतेसम्म कायम शेयरधनीहरूले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

थपिएको अवधिभित्र समेत हकप्रद शेयरबापतको रकम जम्मा नभएमा खरीद हुन नसकेको हकप्रद शेयर जफत गरी अन्य कुनै प्रक्रियाबाट विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।

Prabhu
Crest

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । सम्बन्धित शेयरधनीहरूले हकप्रद शेयरबापतको रकम लक्ष्मी बैंक लिमिटेड हात्तीसारमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS