Connect IPS
IME Life

सार्वजनिक सवारीमा नयाँ नियमः छुट्नुअघि र गन्तव्यमा पुगेपछि अडियो बजाउनुपर्ने, ठूलो आवाजमा संगीत बजाउन नपाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनका लागि नयाँ नियम ल्याएको छ । विभागले यातायात व्यवस्था कार्यविधि निर्देशिका,२०६० को बुँदा नम्बर ११ अन्तर्गत नयाँ बुँदा ११ क थप गरिएको छ। अनुसूचि २२ थप गरी मध्यम तथा लामो दुरीमा चल्ने सवारीका लागि सन्देशमूलक अडियोको नमुना समावेश गरिएको विभागले जनाएको छ ।

विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका,२०६० मा संशोधन गरी थप गरिएको विषय अन्तर्गत दुई वटा बुँदाहरु रहेको छ । पहिलोमा, सार्वजनिक सवारी साधनमा सरसफाई तथा स्वास्थ्य सम्बन्धी व्यवस्था रहेको छ । जसअन्तर्गत, सवारीको भित्रि र बाहिरी भागमा सफा राख्नुपर्ने छ । सवारीको सिट खोल, भूई, सिसा, पर्दा, सिलिङ अनिवार्य रुपमा सफा राख्नुपर्ने छ । सार्वजनिक सवारी साधनभित्र धुम्रपान पूर्णरुपमा निषेत्र गर्नुपर्नेछ । सार्वजनिक सवारी साधनमा ध्वनी प्रदुषण हुनेगरी ठूलो आवाजमा संगीत बजाउन पाइनेछैन । यसैगरी, सार्वजनिक सवारी साधनमा जनस्वास्थ्य विषयका प्रवद्र्धनात्मक सूचना टाँस्नुपर्ने छ ।

Prabhu
Crest

लामो तथा मध्यम दुरीका सवारी साधनले सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाईयुक्त शौचालय भएको स्थानमा मात्र आवश्यकता अनुसार रोक्नुपर्नेछ । सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने छ । चालु अवस्थामा रहेको सार्वजनिक सवारीमा संकलन भएको फोहोर तोकिएको स्थानमा मात्र विसर्जन गर्नुपर्ने छ । मध्यम तथा लामो दुरीमा चलने सवारी साधनलाई यात्राको सुरु र अन्तिम विन्दुमा अनुसूचि २२ मा उल्लेख भएअनुसार सूचना प्रसारण गर्नुपर्ने छ ।

दोस्रो बुँदामा सार्वजनिक सवारी साधनको सरसफाई तथा सम्बद्ध कर्मचारीहरुको व्यवहार र सरसफाई रहेको छ । यस अन्तर्गत चालक तथा सहचालकले नियमित रुपमा व्यक्तिगत सरसफाई गर्न आवश्यक छ । टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्यरुपमा कम्पनीले उपलब्ध गराएको परिचयपत्र लगाउनुपर्ने र सवारीचालक तथा सहचालकले आफनो रोजगारदाता वा कम्पनीले उपलव्ध गराएको परिचयपत्र अनिवार्य रुपमा साथमा राख्नुपर्ने नियम पनि ल्याइएको छ । उनीहरुले रोजगारदाताले उपलब्ध गराएको पहिचान खुल्ने पोशाक लगाउनुपर्ने व्यवस्था समेत निर्देशिकामा गरिएको छ ।

चालक तथा सहचालकले यात्रा अवधिभर धुम्रपान तथा मद्यपान सेवन गर्न नपाउने र चालक तथा सहचालकले यात्रुसँग नम्र, शिष्ट तथा भद्र बोली तथा व्यवहार प्रदर्शन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । यात्रुलाई गाडीमा रहेको डष्टबिनमा मात्र फोहोर फाल्नलाई प्रोत्साहित गर्नुपर्ने, यातायात व्यवसायीले प्रत्येक वर्ष दुई जोरको दरले आफना चालक तथा सहचालकलाई पहिचान खुल्ने किसिमको पोशाक उपलब्ध गराउनुपर्ने नियम बनेको छ । सवारी चलाउँदा सवारी चालक र सहचालकले यात्रुसँग अनावश्यक कुराकानी गर्न नहुने नियम पनि  निर्देशिकामा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS