Connect IPS
IME Life

भारतको युपीआई र नेपालको एनपीआई इन्टिग्रेट गरी अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपाल बीचको अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज बनाउन एमओयु भएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्डको भारत भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान बीच उक्त एमओयु आदानप्रदान भएको हो ।

आम नागरिक, विद्यार्थी, तीर्थयात्री र यात्रु (पर्यटक) हरूद्वारा गरिने फण्ड ट्रान्सफर एवम् भुक्तानीलाई सहज बनाउदैं दुई देश बीच हुने क्रस बोर्डर आर्थिक कारोबारहरूलाई थप सहज गर्नु उक्त सम्झौताको प्रमुख उद्देश्य रहेको छ । जसअनुसार प्रारम्भिक चरणमा भारत र नेपालका बैंकहरू बीच इनवार्ड र आउटवार्ड ट्रान्सफरको लागि आवश्यक व्यवस्था मिलाउन भारतको यूपीआई र नेपालको एनपीआईबीच इन्ट्रिग्रेसन गरी हाल उपलब्ध भुक्तानी प्रणाली र विभिन्न च्यानलहरूलाई सबलीकरण गरिने छ ।

Prabhu
Crest

यसपछि क्रमशः मर्चेन्ट पेमेन्ट लगायतका अन्य भुक्तानीलाई समेत कार्यान्वयनमा ल्याइने छ । दुई देश बीचको रियल टाइम भुक्तानी प्रणालीलाई जोडी क्रस बोर्डर भुक्तानी लागू हुने हुँदा यस इन्ट्रिग्रेसनलाई यस क्षेत्रको महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिइएको छ । यूपिआइ विश्वको सबै भन्दा इनोभेटिभ र एडभान्स भुक्तानी पूर्वाधार मध्ये एक हो । यस इन्ट्रिग्रेसनले नेपालको भुक्तानी प्रणालीमा समेत थप सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त एमओयुको आधारमा एनसीएचएल र एनआइपीएलले प्राविधिक इन्टिग्रेसन, कानुनी तथा अनुपालन सम्बन्धी व्यवस्था र व्यावसायिक पक्ष समेतलाई अन्तिम रूप दिई क्रस बोर्डर भुक्तानीका विभिन्न कारोबारलाई क्रमिक रूपमा लागू गर्दै लग्नेछन् । साथै, कारोबारको प्रकार र आवश्यकतानुसार कारोबारको सीमा, शुल्क तथा अन्य जोखिम नियन्त्रणको व्यवस्था केन्द्रीय बैंकको आवश्यक सहमति तथा स्वीकृति अनुसार लागू गरिनेछ ।

एनआईपीएल, नेशनल पेमेन्ट कर्पोरेशनअफ इन्डियाको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नवीनतम प्रविधिको प्रयोग गरी भारतमा भुक्तानी कारोबारलाई रूपान्तरण गर्दै आएको छ । भारतीय रिजर्व बैंक र भारतीय बैंक संघको पहलमा स्थापना भएको भारतमा रिटेल भुक्तानी र सेटलमेन्ट प्रणालीहरू सञ्चालन गर्ने छाता सङ्गठन हो । यसले भारतमा सबल डिजिटल भुक्तानी र सेटलमेन्ट पूर्वाधार सिर्जना गर्न कार्य गर्दै आइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS